मङ्गलबारदेखि मौसममा क्रमिक सुधार हुने
सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ, कात्तिक १८ : बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले बताए। मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिए।
प्रकाशित मिति: १९:४३ बजे, आइतबार, कात्तिक १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![झरीमा पनि ग्यासको लाइनमा जनता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1786878394.jpg)

