Kathmandu Press

तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री

भाइटीकाको अवसरमा सामाजिक सञ्जालमार्फत् आइतबार शुभकामना दिँदै उनले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको बताए।
तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री

काठमाडौं, कात्तिक १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन्।

भाइटीकाको अवसरमा सामाजिक सञ्जालमार्फत् आइतबार शुभकामना दिँदै उनले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको बताए।

‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका, समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’, उनको सन्देशमा उल्लेख छ।

उनले भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने बताएका छन्।

प्रकाशित मिति: १०:४८ बजे, आइतबार, कात्तिक १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्