चार दिनदेखि बालक बेपत्ता
खार्पुनाथ–३ का वडाध्यक्ष च्याङ्गा बोहराका अनुसार सरत घरबाटै हराएका हुन् । आमा बुवा दिउँसो खाजा खान घरभित्र गएको समयमा बालक घरबाहिर खेल्दै गर्दा हराएको उनको भनाइ छ ।
हुम्ला, कात्तिक १७ : हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन् ।
खार्पुनाथ–३ का वडाध्यक्ष च्याङ्गा बोहराका अनुसार सरत घरबाटै हराएका हुन् । आमा बुवा दिउँसो खाजा खान घरभित्र गएको समयमा बालक घरबाहिर खेल्दै गर्दा हराएको उनको भनाइ छ ।
बालक हराएपछि राया गाउँका बासिन्दा चार दिनदेखि उनको खोजी गरिरहेका छन् । बालक हराएपछि परिवारजनले खोजी गर्न स्थानीय प्रहरी चौकीलाई गुहारेका छन् ।
प्रकाशित मिति: २०:१४ बजे, शनिबार, कात्तिक १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)