Kathmandu Press

नेपाल संम्वत्लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ : उपप्रमुख डंगोल

डंगोलले नेपाल संम्वत्लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन्।
नेपाल संम्वत्लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौं, कात्तिक १७ : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाल संम्वत्लाई सबैले चिन्नुपर्ने बताएकी छन्।

शनिबार नेपाल संम्वत् ११४५ को अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले नेपाल संम्वत्लाई सबैले जान्ने, बुझ्ने र प्रयोग गर्न सक्ने बनाउन आग्रह गरेकी हुन्।

Hardik ivf

‘नेपाल संम्वत्को आफ्नै मौलिक पहिचान छ। व्यवहारीक रुपमा पनि यसको निकै महत्व छ । हामीले मनाउने  विभिन्न संस्कृति, कलाकृति, जात्रा पर्वहरु सबै हामीले नेपाल संम्वत्कै आधारमा मनाउँछौं,’ उनले भनिन्, ‘यसकारण पनि नेपाल संम्वत्लाई हामीले प्रयोग गर्नुपर्छ। यसलाई अझै धेरैले जान्ने, बुझ्ने, प्रयोग गर्न सक्ने बनाउनुपर्छ।’

उनले मनाउँदै  आइरहेको  र  व्यवहारमा लागु  गरिरहेको  नेपाल संम्वत्लाई बलियो बनाउनुपर्ने बताइन्। उनले प्रशासनिय रुपमा नेपाल संम्वत्लाई तिव्र गतिमा लैजान ध्यान दिनुपर्ने बताइन्।

 

प्रकाशित मिति: १७:५५ बजे, शनिबार, कात्तिक १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्