Kathmandu Press

ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा

सभपाति देउवाले प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक भएको बताउँदै आलोचना तथ्यपरक भए सरकारले त्यसमा ध्यान दिने बताए।
ओली सरकारले सय दिनमा परिणाममुखी काम गरेको छ : सभापति देउवा

काठमाडौं, कात्तिक १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले सय दिनमा राम्रो काम गरेको बताएका छन्।

शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताएका हुन्।

‘सय दिन बल्ल पुगेको छ ओली जीको प्रधानमन्त्री कार्यकालको। यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना प्रत्यारोचना सबै हुन्छ। हाम्रो समग्र सरकार छ। हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होइन साच्चै राम्रो काम गर्नुभएको छ,’ उनले भने, ‘मलाई विश्वास छ। अझै यस्तै राम्रो काम गर्नुहुने छ।’

सभपाति देउवाले प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक भएको बताउँदै आलोचना तथ्यपरक भए सरकारले त्यसमा ध्यान दिने बताए।

‘अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन्। त्यो आलोचनाहरु पनि तथ्यपरक भएर सरकारले ध्यान दिने छ । म पनि ओली जी लाई प्रोत्साहन गर्ने छु,’ उनले भने।

उनले यो देश ठूला दुई देशको बिचमा रहेकाले प्रधानमन्त्री ओलीले सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताए। साथै उनले आलोचनालाई पनि गम्भिरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताए।

प्रकाशित मिति: १३:२९ बजे, शनिबार, कात्तिक १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्