Kathmandu Press

राष्ट्रपति पौडेलले गरे गाईपूजा

कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।
राष्ट्रपति पौडेलले गरे गाईपूजा

काठमाडौं, कात्तिक १७ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ तिहार अर्थात यम पञ्चकका अवसरमा आज गाई पूजा गरेका छन्।

कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन शनिबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन्।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ।

Photo-(1)(5)-1730532548.jpeg

यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ। तिहार अर्थात यम पञ्चक अन्तरगत आजै गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ।

प्रकाशित मिति: १३:१५ बजे, शनिबार, कात्तिक १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्