Kathmandu Press

हङकङ सुपर सिक्सेसमा अष्ट्रेलियामाथि नेपालको शानदार जित

जोराले १६ बलमा ५१ रन बनाएपछि नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ।
हङकङ सुपर सिक्सेसमा अष्ट्रेलियामाथि नेपालको शानदार जित

काठमाडौं, कात्तिक १७ : नेपालले ‘हङकङ सुपर सिक्सेस’मा कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङपछि नेपालले लागतार दोस्रो जित निकालेको छ। जोराले १६ बलमा ५१ रन  बनाएपछि नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो। अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए।
 
त्यसअघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे। १६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए।

यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए। अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए । पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।

हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ।

 

प्रकाशित मिति: ०८:५८ बजे, शनिबार, कात्तिक १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्