कीर्तिपुर नगरपालिकाको मेयरमा एमालेले घोषणा गर्यो उम्मेदवार
नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई अघि सारेको छ।
काठमाडौं, कात्तिक १६ । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरलाई अघि सारेको छ।
शुक्रबार एमालेको कीर्तिपुर नगर कमिटीको बैठकले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
स्थानीय तह उपनिर्वाचन मंसिर १६ गते हुँदैछ।
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजकुमार नकर्मी कीर्तिपुर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। गत साउन महिनामा उनको निधन भएकाले त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
कीर्तिपुर नगरपालिका मेयरका लागि राप्रपाले इन्जिनियर ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।
प्रकाशित मिति: २०:०८ बजे, शुक्रबार, कात्तिक १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












