Kathmandu Press

फिलिपिन्समा ट्रामी आँधी : मृत्यु हुनेको संख्य १ सय पुग्यो, ५ लाख बढी मानिस घर छाड्न बाध्य

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन्।
फिलिपिन्समा ट्रामी आँधी : मृत्यु हुनेको संख्य १ सय पुग्यो, ५ लाख बढी मानिस घर छाड्न बाध्य

मनिला, कात्तिक ११ : फिलिपिन्समा  ‘ट्रामी’ आँधीका कारण मृत्यु हुनेको संख्या १ सय पुगेको छ। अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये भएको बताइएको छ। 

आँधीपछि आत्तिएर तालमा हाम फालेका दर्जनौं मानिस अझै हराइरहेको बताइएको छ। उनीहरूको खोजी भइरहेको बताइएको छ। 

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन्।

Hardik ivf

सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ।

डिजोनले यस क्षेत्रको क्यामारिन सुर प्रान्तका ‘धेरै बासिन्दाहरू’ अझै पनि आफ्नो घरको छत र माथिल्लो तलामा फसेको बताए।  

मनिलाको दक्षिणमा पर्ने बाटांगासमा मृत्यु हुनेको संख्या ५५ पुगेको प्रान्तीय प्रहरी प्रमुख ज्याकिन्टो मालिनाओले बताएका छन्। 

प्रहरी, तटरक्षक र मरिन डाइभिङ टोलीले आइतबार पनि बाटांगासको तालमा हामफालेका भनिएका सात परिवारको खोजी गरिरहेका छन्।

बटांगासमा अधिकांशको मृत्यु वर्षाका कारण आएको पहिरोका कारण भएको बताइएको छ।

यस्तै, उत्तरी फिलिपिन्सको विभिन्न भागमा आएको बाढीका कारण करिब पाँच लाख ६० हजार मानिस विस्थापित भएको राष्ट्रिय विपद् निकायले आइतबार जनाएको छ।
 

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, कात्तिक ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्