Kathmandu Press

ज्येष्ठ नागरिकलाई जनप्रतिनिधिले दिन थाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता 

चन्द्रौटा, वैशाख ४ :  कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ का ७५ वर्षीय मतिउल्ला मुसलमानलाई नगरपालिकाका प्रतिनिधिले घरमै आएर वृद्धाभत्ता दिएपछि खुशी ....

ज्येष्ठ नागरिकलाई जनप्रतिनिधिले दिन थाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता 
फाइल

चन्द्रौटा, वैशाख ४ :  कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ का ७५ वर्षीय मतिउल्ला मुसलमानलाई नगरपालिकाका प्रतिनिधिले घरमै आएर वृद्धाभत्ता दिएपछि खुशी छन्। सधैँ वृद्धा भत्ता लिन अर्को टोलमा जानुपर्ने भए पनि यस पटक आफ्नै घरमा आएर रकम दिएको उनले बताए। 

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घर घर पुगेर वितरण गरेका छन्। बैंकिङ प्रणाली लागू नगरेका स्थानीय तहले अहिले घर घरमा पुगेर भत्ता वितरण गरेका हुन्। कपिलवस्तुको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर वितरण गरिसकेका छन्।

Hardik ivf

कृष्णनगर नगरपालिकाले चार हजार ८९० जनालाई भत्ता वितरण गरेको छ। नगरमा रहेका १२ वडामध्ये एउटा वडा मात्र बाँकी रहेकाले बिहीबारसम्म सबैलाई वितरण गरिने नगरपालिकाका सूचना अधिकारी साकिर अहमद साहले जानकारी दिए। दोस्रो चौमासिकअन्तर्गत घर घरमा पुगेर चार करोड २३ लाख ९१ हजार ७०० रूपैयाँ वितरण भएको उनले बताए।

संकटका बेलामा सरकारले प्रदान गर्ने भत्ता वितरण गरेपछि नागरिकको जीविकोपार्जनमा केही सहजता भएको नगप्रमुख रजतप्रताप साहले बताए। उनले वडाध्यक्ष र वडा सचिवलाई घर घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा दिएको बताए।  

त्यस्तै लकडाउनलाई मध्यनजर गर्दै विपन्न परिवारलाई प्राथमिकता दिएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए।  गाउँपालिकामा रहेका सात वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई दुई करोड ५६ लाख रूपैयाँ वितरण गरिएको उनले बताए।

शिवराज नगरपालिकाले पनि बैंकिङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ।  वडा सदस्यबाट विपन्न परिवारको नामावली लिएर उनीहरुलाई दैनिक २५ जनाभन्दा कमलाई बैंकमा उपस्थित गराई वितरण गर्ने योजना बनाएको छ। विपन्न नागरिकलाई शुरुमा प्रदान गरिने शिवराज नगरपालिका–३ का अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए। रासस

प्रकाशित मिति: १५:३० बजे, बिहीबार, वैशाख ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्