Kathmandu Press

ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव बढ्यो

ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो।
ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव बढ्यो

एजेन्सी, असोज २८ : चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ। पीपुल्स लिबरेसन आर्मी (पीएलए)ले उक्त अभ्यास गरेको हो।
 
उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ। ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो।

बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो । चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ।

 

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, असोज २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्