Kathmandu Press

अस्ट्रेलियाले गर्‍यो आफ्ना ९ सय नागरिकलाई लेबनानबाट उद्धार

लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ ।
अस्ट्रेलियाले गर्‍यो आफ्ना ९ सय नागरिकलाई लेबनानबाट उद्धार

लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ ।

अस्ट्रेलियाको सरकारी तथ्यांकअनुसार अष्ट्रेलिया सरकारको समन्वय तथा सहायता प्राप्त प्रस्थान उडानहरू मार्फत ९०४ भन्दा बढी अस्ट्रेलियालीहरूले सोमबारसम्म लेबनान छोडेका छन् ।

Hardik ivf

यसरी उद्धार भएकामध्ये अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाबाट लेबनानमा गई बसोबास गर्दै आएका बासिन्दा तथा उनीहरूका परिवारका सदस्यहरू रहेको जनाइएको  छ।

अस्ट्रेलिया सरकारले शनिबार अस्ट्रेलियालीहरूका लागि बेरुतबाट साइप्रसका लागि अष्ट्रेलियाली ध्वजाबाहक क्वान्टास र कतार एयरवेजका दुईवटा चार्टर उडानहरू सञ्चालन गरेको थियो । क्वान्टास र कतार एयरवेजले साइप्रसबाट सिड्नीका लागि गरिएका उडानमार्फत् उनीहरूलाई अष्ट्रेलिया पुर्‍याएका थिए ।

क्वान्टासको पहिलो उडान आइतबार राति ३४९ अष्ट्रेलियाली लिएर स्वदेशतर्फ उडेको थियो। अस्ट्रेलियाको प्रशासनका अनुसार अझै तीन हजार ७५० भन्दा बढी अष्ट्रेलियालीहरू लेबनान छोड्न विदेश मामिला विभागमा दर्ता भएका छन्।

सरकारले बेरुत विमानस्थल बन्द हुनसक्ने चेतावनी दिँदै लेबनानमा रहेका अस्ट्रेलियाली हरूलाई देश छोड्न महिनौँदेखि बारम्बार आग्रह गर्दै आएको छ ।

तथ्यांकअनुसार बुधवारसम्म लेबनानमा अनुमानित १५ हजार अस्ट्रेलियालीहरू थिए ।

प्रकाशित मिति: १९:३२ बजे, सोमबार, असोज २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्