इरानद्वारा इजरायलमाथि १८० वटा ब्यालिस्टिक मिसाइल आक्रमण
-1727857796.jpg)
काठमाडौं, असोज १६ः इरानले मंगलबार राती इजरायलमाथि मिसाइल आक्रमण गरेको छ। इरानले भूभागमा १८० वटाभन्दा बढी ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको अन्तरराष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
इरानले इजरायलमाथि गरेको यो आक्रमण अहिलेसम्मकै ठूलो भएको रोयटर्सले जनाएको छ। मंगलबार राती स्थानीय समयमा अनुसार पौने ८ बजे जेरूसेलम, तेल अविभलगातका मुख्य सहरहरूका आकासमा मिसाइलहरू देखिएका थिए। आक्रमणबाट हताहती भएको विवरण सार्वजनिक भइनसकेको जनाइएको छ।
समाचार संस्था सिएनएनले ७ जना मारिएको बताएको छ। इरानले इजरायलमा कब्जामा रहेको वेस्ट ब्यांक, इजरायलको मध्य र दक्षिणी भूभागमा लक्षित गरी आक्रमणको दाबी गरेको छ। आक्रमणमा पहिरो पटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको र ९० प्रतिशत मिसाइल लक्षित बिन्दुमा पुगेको इस्लामिक रिभोलुसनरी गार्डले बताएको छ। इरानको मिसाइल इजरायलको सैनिक किल्लाहरूमा लक्षित रहेको जनाइएको छ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इरानले ‘ठूलो गल्ती गरेको’ बताएका छन्। तेतन्याहुले त्यसको सजाय भोग्न तयार हुन चेतावनीसमेत दिएका छन्। यसैविच, फ्रान्स, बेलायत र जर्मनीले इरानी हमलाको निन्दा गरेका छन्। सिएनएनका अनुसार इरानको आक्रमणपछि अमेरिकाले इजरायलसँग छलफल गरिहेको छ। यसअघि गत अप्रिलमा पनि इरानले इजरायलमाथि मिसाइल आक्रमण गरेको थियो। अप्रिलमा गरिएको आक्रमण भन्दा मंगलबार गरिएको आक्रमण निकै शक्तिशाली रहेको जनाइएको छ।
इरानले इजरायलमाथि आक्रणम गरेपछि मध्यपूर्वमा क्षेत्रीय युद्धको खतरा बढेको छ। इजरायलले गाजामा हमाससँग र लेबननमा हिजबुल्लाहसँग युद्ध गर्दै आएको छ। इरानको इजरायलमाथिको आक्रमणलाई हमासले प्रशंसा गरेको छ।












-1763799581.jpg)