Kathmandu Press

प्यूठानमा आगलागीबाट घर जलेर नष्ट

प्यूठान, बैशख २:  प्यूठानमा गौमुखी गाउँपालिका १ अर्खामा मंगलबार बिहान आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट घरमा रहेको अन्नपा....

प्यूठानमा आगलागीबाट घर जलेर नष्ट

प्यूठान, बैशख २:  प्यूठानमा गौमुखी गाउँपालिका १ अर्खामा मंगलबार बिहान आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट घरमा रहेको अन्नपात र कुखुरा जलेर नष्ट भएको स्थानीय मित्र थापाले बताए।

आगलागीपछि स्थानीय व्यक्तिले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

त्यस्तै गौमुखीगाउँपालिका–२ अर्खाका नरे टमटाको पनि गोठ जलेको छ। आगलागीबट गोठको काठ,  अन्नपात, भाँडाकुँडा, लत्ताकपडासहित करीब तीन लाख रुपैयाँ बराबरको सामग्री पनि जलेर नष्ट भएको छ।

प्रकाशित मिति: १२:२६ बजे, मंगलबार, वैशाख २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्