नेप्सेमा दोहोरो अंकको सुधार, ३ कम्पनीको शेयरमा सर्किट
साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ।काठमाडौं, असोज ६ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ।
आइतबार नेप्से परिसूचक ११.५८ अङ्कले बढेर दुई हजार ५८८.३५ को अङ्कमा रोकिएको हो। आज ३२५ कम्पनीको एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ७२ हजार ९५७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
वित्त समूह ०.३१, होटल तथा पर्यटन ०.६१, उत्पादन तथा प्रशोधन ०.१९, लघुवित्त ०.१८ र म्युचुअल फन्ड ०.१० प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी बैकिङ समूह १.०१ प्रतिशतले बढेको छ । विकास बैंक ०.६६, जलविद्युत् ०.३१, लगानी ०.६२ र जीवन बीमा समूह ०.२४ प्रतिशतले बढेको छ ।
त्यस्तै, निर्जीवन बीमा समूह ०.४७, व्यापार ०.०७ र अन्य समूह ०.४१ प्रतिशतले बढेको छ । इस्टर्न हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र अपर साङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ८.६५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको कम्पनी लिमिटेडको २७ करोड ८० लाख २७ हजार ७१५ बराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को छ लाख ४७ हजार २०३ कित्ता किनबेच भएको छ।