Kathmandu Press

सुदूरपश्चिमको बजेट बहुमतले पारित

चालु आर्थिक वर्ष २०८१र८२ को बजेट आइतबार बसेको प्रदेशसभा बैठबाट बहुमतले पारित गरेको हो। 
सुदूरपश्चिमको बजेट बहुमतले पारित

कैलाली, असोज ६ : सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ। 

चालु आर्थिक वर्ष २०८१/८२ को बजेट आइतबार बसेको प्रदेशसभा बैठबाट बहुमतले पारित गरेको हो। 

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले भदौ ३१ गते ३१ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए। 

बजेटमाथिको छलफलमा सत्तारूढ दलकै सदस्यले असन्तुष्टि जनाए पनि बजेट बहुमतले पारित भएको हो। 

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने बजेटको विपक्षमा मतदान गरेका थिए । 
 

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, असोज ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्