Kathmandu Press

आतिशी मार्लेना बनिन् दिल्लीको मुख्यमन्त्री

आतिशीले शनिबार नै दिल्लीस्थित राज निवासमा आयोजित समारोहबीच पद तथा गोपनियताको शपथ लिएकी छिन्। 
आतिशी मार्लेना बनिन् दिल्लीको मुख्यमन्त्री

नयाँ दिल्ली, असोज ५ : आतिशी मार्लेना भारतको दिल्ली राज्यको मुख्यमन्त्री नियुक्त भएकी छिन्। 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गत मंगलबार पदबाट राजीनामा दिएपछि आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको थियो।

Hardik ivf

आतिशीले शनिबार नै दिल्लीस्थित राज निवासमा आयोजित समारोहबीच पद तथा गोपनियताको शपथ लिएकी छिन्। 

सुष्मा स्वराज र शिला दिक्षितपछि आतिशी दिल्लीकी तेस्रो महिला मुख्यमन्त्री तथा दिल्लीको सबैभन्दा कम उमेरकी मुख्यमन्त्री बनेकी छिन्। उनी ४३ वर्षकी भइन्। 

मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको मुख्य ‘पोर्टफोलियो’ सम्हालेकी थिइन्। आतिशी केजरीवालको विश्वासपात्र हुन्। 
 

प्रकाशित मिति: २१:०३ बजे, शनिबार, असोज ५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्