Kathmandu Press

नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभलको आयोजना हुने 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले फेस्टिभलबारे जानकारी दिएको हो । नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले बलुन फेस्टिभल आयोजना गर्न लागेको अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभलको आयोजना हुने 

काठमाडौं, असोज ४ : पर्यटकीय राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बलुन नेपाल प्रा.लि. को आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसरमा आगामी पौष ९ देखि माघ १ सम्म हुन लागेको हो । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले फेस्टिभलबारे जानकारी दिएको हो । नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले बलुन फेस्टिभल आयोजना गर्न लागेको अध्यक्ष विक्रम बाडेले जानकारी दिए । फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने अपेक्षा राखेको पनि उनले जानकारी दिए । 

उनले भने,‘नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले आयामी शिष्टमस र अंग्रेजी नयाँ वर्षको अबसरमा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुन लागेको जानकारी गराउन पाउँदा हामीलाई निकै खुसी लागेको छ। फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा छ ।’

Hardik ivf

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने आफूहरुले अपेक्षा गरेको उनले बताए । कोरोना महामारीपछि सुस्ताएको मुलुकको पर्यटनलाई चलायमान बनाउन र पोखरामा थप नयाँ आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पनि फेस्टिभल प्रभावकारी हुनेमा उनले विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनीलाई सहभागिता गराइने छ । फेस्टिभल अवधिभर हरेक दिन विहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेनुनको उडान गर्नेछन्। 

एक सातासम्म चल्ने महोत्सबमा करिब पांचसय व्यावसायिक उडान हुनेछन् । जसमा करिव तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब तीनसय वटा गैर व्यावसायिक उडान हुनेछ । फेस्टिभलका अवसरमा पोखरामा मिनी बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ। फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुने अनुमान आयोजकले गरेको छ ।

उक्त अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरन्जनात्मक पर्यटकीय गतिविधि पनि गरिनेछ । फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

balloon-nepal-1726762575.jpeg
 

पत्रकार सम्मेलनमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको पर्यटन क्यालेनडरमा नयाँ कार्यक्रम थप भएकामा खुसी व्यक्त गर्दै महानगर कार्यक्रमको संरक्षक र प्रवर्द्धक रहने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले महोत्सव मुलुकको पर्यटन क्षेत्रको हितमा भएको उल्लेख गर्दैै खुसी व्यक्त गरे । “एअर स्पोर्टस् एड्भेञ्चर सबै पोखराबाटै सुरु भएका छन् । हामीले जुनसुकै क्षेत्रमा आबद्ध भएर काम गरेपनि ती सबै राष्ट्रिय हितकै लागि भएका छन् । तसर्थ पोखरामा आयोजना हुन लागेको ‘इन्टरनेसनल बलुन फेस्टिभल’ले पनि नेपालको समग्र पर्यटन प्रवर्द्धन  नै टेवा पुर्‍याउनेछ ।”

कार्यक्रमले पोखरामा आउने आन्तरिक तथा विदेशी पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने बताउँदै बेलुन नेपालका प्रवन्ध निर्देशक सबिन महर्जनले कार्यक्रमले उक्त क्षेत्रको आर्थिक विकास, सांस्कृतिक आदानप्रदानका साथै विभिन्न देशमा कूटनीतिक सम्बन्ध विस्तार समेत बिश्वास व्यक्त गरे ।

विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेशन बलुन फियस्ता सुरु भएको थियो । प्रत्येक वर्ष न्यू  मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा करिब ५०० वटा हट एयर बलुनले उडान गर्छन् । उक्त महोत्सवमा विश्वभरबाट १० लाखभन्दा बढी पर्यटक उपस्थित हुन्छन् । त्यसबाहेक सन् १९७९ मा इङ्ग्ल्याण्डको ब्रिस्टोलमा स्थापना भएको बलुन फेस्टिभलल पनि विश्वभर प्रख्यात छ ।

त्यसबाहेक जापानमा सागा इन्टरनेशनल बलुन फियस्ता, फ्रानसमा मोन्डायल एयर बलुन्स इभेन्ट, टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बलुन फेस्टिभल विश्वका प्रमुख बलुन महोत्सवमा पर्छन् । फेस्टिभल आयोजना गर्नका लागि छ करोड ८२ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

विसं २०७३ सालमा स्थापना भएको बलुन नेपाल प्रालिले २०७५ सालदेखि पोखरामा हट एयर बलुनको व्यावसायिक उडान गर्दै आएको छ । कम्पनीले गत फेब्रुअरीमा थाइल्याण्डमा सम्पनन ‘इन्टरनेशनल बलुन फियस्ता, २०२४’ मा सहभागिता जनाइसकेको छ ।

प्रकाशित मिति: ०६:४० बजे, शुक्रबार, असोज ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्