Kathmandu Press

मधेशमा पहिलोपल्ट मनाइयो संविधान दिवस

संविधान निर्माण भएको ९ वर्षपछि पहिलोपल्ट विशेष कार्यक्रमसहित संविधान दिवश मनाइएको हो। बिहीबार जनकपुरधामको रामानन्द चोकबाट बाजागाजासहित प्रभातफेरी गरिएको छ । 
मधेशमा पहिलोपल्ट मनाइयो संविधान दिवस

जनकपुरधाम, असोज ३ : मधेश प्रदेशमा पहिलोपल्ट संविधान दिवस मनाइएको छ।

संविधान निर्माण भएको ९ वर्षपछि पहिलोपल्ट विशेष कार्यक्रमसहित संविधान दिवश मनाइएको हो। बिहीबार जनकपुरधामको रामानन्द चोकबाट बाजागाजासहित प्रभातफेरी गरिएको छ । 

Hardik ivf

मधेस प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा उक्त कार्यक्रम भएको थियो। र्‍यालीमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीलगायत मन्त्री, सुरक्षा निकायका प्रमुख, विभिन्न कलेजका विद्यार्थीलगायत थिए। 

महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा भएको सभामा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानको त्रुटि संशोधनमार्फत सच्याउन सकिने बताए। 

अहिले संविधानको विरोधभन्दा प्राप्त उपलब्धि रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए। उनले भने ‘अहिले संविधानलाई पूर्ण बनाउन संशोधन आवश्यक छ, जुन दल संशोधन सुन्नसम्म चाँहदैन थिए तिनै अहिले तयार छन्, यसको फाइदा लिन सक्नु पर्छ।’ 

संविधान अपरिवर्तनीय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटी सच्याउन सकिने भनाई उनको थियो । प्रदेश सरकार समृद्ध भए संघीयताप्रतिको विश्वास बढ्ने पनि सिंहले बताए। 

मधेसका सभामुख रामचन्द्र मण्डलले पनि संविधान गतिशील दस्तावेज रहेकाले विरोध गर्नुको अर्थ नरहेको भनाई राखे। 

‘यो संविधान त्यत्तिकै आएको होइन, हतारमा ल्याएको पनि होइन, १० वर्ष लगाएर संविधानसभामार्फत ल्याएको संविधानले दिएको अधिकार संस्थागत गर्नु जरुरी छ’, मण्डलले भने । 

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, असोज ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्