काठमाडौंको गोकर्णेश्वरबाट चोरीको मोटरसाइकलसहित दुई पक्राउ
काठमाडौं, बैशाख १ : महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा....
काठमाडौं, बैशाख १ : महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका २० वर्षीय ङिमा लामा र सोही ठाउँका २० वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
पक्राउ परेका दुबै जनाको साथबाट प्रदेश ३–०२–००९ प २०५९ नम्बर भएको नम्बर प्लेट दुई थान र ५१ हजार नगदसमेत बरामद भएको कार्कीले जानकारी दिए। आइतबार पक्राउ परेका उनीहरुको आज काठमाडौँ जिल्लाबाट म्याद थप गरी थप अनुसन्धान थालिने प्रहरीले जनाएको छ।