Kathmandu Press

राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

केजरीवालले जेलबाट रिहा भएको दुई दिनपछि आम आदमी पार्टी (आप) को कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै राजीनाको घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 
राजीनामा दिने दिल्लीका मुख्यमन्त्री केजरीवालको घोषणा

काठमाडौं, भदौ ३० : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका छन्। 

केजरीवालले जेलबाट रिहा भएको दुई दिनपछि आम आदमी पार्टी (आप) को कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै राजीनाको घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

Hardik ivf

उनल राजीनामाको घोषणा गरे पनि दुई दिनपछि मात्र पदबाट राजीनामा दिने भएका छन्। उनले पार्टी कार्यालयमा संवोधनकाक्रममा मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिने र जनताहरूले आफ्नो फैसला नसुनाएसम्म कुर्सीमा नबस्ने बताएका छन्।

‘म जनताको बिचमा जान्छु, हरेक गल्लीमा जान्छु, घर घरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन,’ पार्टी कार्यालयमा उनले भन । 

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्