Kathmandu Press

मेसीकाे गाेलमा इन्टर मियामी विजयी

२ महनिापछि मैदान फर्किएको पहिलो खेलमै मेसीले २ गोल गर्दै मियामीलाई जित दिलाएका छन्। मेसी प्रेरित मियामीले फियाडेलफियाविरुद्ध ३–१को जित निकाल्यो।
मेसीकाे गाेलमा इन्टर मियामी विजयी

काठमाडाैं, भदाै ३० : अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी चोटमुक्त हुँदै २ महिनापछि मैदान फर्किएका छन्। कोपा अमेरिकाको फाइनलमा घाइते भएका मेसी आइतबार बिहान भएको मेजर सकर लिगको फियाडेलफियाविरुद्धको खेलमार्फत मैदान फर्किएका हुन्।

२ महनिापछि मैदान फर्किएको पहिलो खेलमै मेसीले २ गोल गर्दै मियामीलाई जित दिलाएका छन्। मेसी प्रेरित मियामीले फियाडेलफियाविरुद्ध ३–१को जित निकाल्यो।

खेलमा फियाडेलफियाले दोस्रो मिनेटमै मियामीविरुद्ध अग्रता लियो। २६औं मिनेटमा मेसीले गोल गर्दै मियालीलाई १–१को बराबरीमा ल्याए। त्यसपछि ३०औं मिनेटमा मेसीले नै खेलमा पहिलो पटक मियामीलाई अग्रता दिलाए। 

पहिलो २–१मा सकिएको खेलमा दोस्रो हाफको इन्जुरी समयको आठौं मिनेटमा लुइस सुआरेजले गोल गरेपछि मियामीले खेल ३–१ले जित्यो। 

सकर लिगको इटर्न जोनमा मियामी २८ खेलमा ५६ अंकसहित शीर्ष स्थानमा छ। 

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्