भारदहमा माइक्रोबसको ठक्करबाट बालकको मृत्यु, महिला घाइते
भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं.को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनितादेवी अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो।सप्तरी, ३० भदौ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित भारदहको कंकालनी मन्दिर अगाडि माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।
भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं.को विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीको ५० वर्षीय श्रीमती अनितादेवी अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट घाइते भएका अनिताको टाउको, छाती, बायाँ खुट्टालगायतका भागमा चोट लागेको छ।
प्रहरीले विंगर चालक सप्तरी छिनमस्ता गाउँपालिका–७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: ११:३० बजे, आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक बहस नहुनु दुःखद् : मन्त्री पाण्डेआइतबार, मंसिर ९, २०८१
औद्योगिक क्रान्तिबाट मुलुकले सफलता पाउँदैछ : मन्त्री भण्डारीआइतबार, मंसिर ९, २०८१
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
भातर फर्किए सेनाध्यक्ष द्विवेदीआइतबार, मंसिर ९, २०८१