Kathmandu Press

निःशुल्क बाली उपचार शिविर सञ्चालन

परियोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख सञ्जु रिमाल उपाध्यायका अनुसार बालीनाली तथा फलफूलमा देखिएका रोग तथा किराको किसिमबारे जनाकारी लिन नमूना सङ्कलन गरी निःशुल्क परीक्षण गरिने छ। 
निःशुल्क बाली उपचार शिविर सञ्चालन
फाइल तस्बिर।

कञ्चनपुर, भदौ २९ : बालीमा लागेका रोग तथा किरा नियन्त्रण गर्न जिल्लामा निःशुल्क घुम्ती बाली उपचार शिविर आयोजना हुने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय कञ्चनपुरले शिविरको आयोजना गर्न लागेको हो।

परियोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख सञ्जु रिमाल उपाध्यायका अनुसार बालीनाली तथा फलफूलमा देखिएका रोग तथा किराको किसिमबारे जनाकारी लिन नमूना सङ्कलन गरी निःशुल्क परीक्षण गरिने छ। 

Hardik ivf

शिविर भोलिदेखि भदौ ३१ गतेसम्म जिल्लाका चार ठाउँमा सञ्चालन गरिने उनले जानकारी दिए।

भदौ ३० गते बेदकोट नगरपालिकाको सुडा, बेलडाँडी गाउँपालिकाको झिलमिला, भदौ ३१ गते कृष्णपुर नगरपालिकाको गुलरिया र भीमदत्त नगरपालिका–१० मा शिविर आयोजनामार्फत नमूना सङ्कलन गरी निःशुल्क परीक्षण गरिने कार्यालय प्रमुख रिमालले बताए।

‘शिवरमा कृषि विज्ञहरुले किसानले ल्याएका बिरुवाको परीक्षण गरी रोग तथा किरा नियन्त्रण गर्ने विधिबारे परामर्श दिनुहुनेछ,’ उनले भने, ‘नमूनाका आधारमा रोग पहिचान गरी समाधानका उपायबारे जानकारी दिने कार्य गर्नेछौं।’ 

किसाले रोग–किराको संकमण भएका बिरुवा, बीउ, जरा, फलको नमूना ल्याउँदा कागजको खाम, वट्टा वा प्लास्टिकको झोलामा ल्याउनुपर्ने छ। 

यसैगरी, बोटमा असर गरेको भए पूरै बोट जरासहित उखेलेर ल्याउने र नमूना ल्याउँदा रोग लागेको र स्वस्थ्य भाग दुवै पर्ने गरी ल्याउन किसानलाई जानकारी गराइएको प्रमुख रिमालले बताए। शिविरबाट किसानले रोग तथा किराबारे जानकारी पाउनुका साथै नियन्त्रण गर्ने उपाय सिक्न सक्ने उनले उल्लेख गरे।

प्रकाशित मिति: १६:३३ बजे, शनिबार, भदौ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्