Kathmandu Press

पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि तय 

यसअघि असोज ५ गतेका लागि निर्वाचन तोकिएको थियो। महासंघका कार्यवाहक अध्यक्ष रमेश बिष्टले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै आगामी असोज १२ गतेका लागि निर्वाचन मिति तोकिएको जनाएका छन्। 
पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि तय 

काठमाडौं, भदौ २८ : नेपाल पत्रकार महासंघको निर्वाचन पुनः असोज १२ गतेका लागि तय भएको छ। 

यसअघि असोज ५ गतेका लागि निर्वाचन तोकिएको थियो। महासंघका कार्यवाहक अध्यक्ष रमेश बिष्टले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै आगामी असोज १२ गतेका लागि निर्वाचन मिति तोकिएको जनाएका छन्। 

कार्यवाहक अध्यक्ष बिष्टले जारी गरेको प्रेश विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ।’

महासंघको अध्यक्षबाट भर्खरै राजिनामा दिएका विपुल पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षसँगको सहमतिमा तयार भएको मतदाता सूची शुक्रबार निर्वाचन समितिलाई हस्तान्तरण गरिएकोसमेत प्रेश विज्ञप्तीमा जनाइएको छ। 

विज्ञप्तिमा आगामी असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको उल्लेख छ। मतदाता सूची शनिबार सार्वजनिक गर्ने र सोही दिन निर्वाचन तालिका सार्वजनिक गर्ने समझदारी भएको जनाइएको छ। 

कार्यबहाक अध्यक्ष विष्टले विज्ञप्तिमार्फत नै महासंघको निर्वाचन सम्पन्न गर्न महासंघका सबै समिति, सदस्य, सल्लाहकार, पूर्वअध्यक्ष र पत्रकारितासँग सम्बन्धित सबै संघ–संस्था तथा सरोकारवाला पक्षबाट सहयोग गर्न आग्रह गरेका छन्।
 

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, भदौ २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्