Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा दश जना वरिष्ठ महिला चिकित्सकलाई सम्मान

सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डा.रीता गुरूङ, डा.शान्तकुमारी सापकोटा, डा.हीरा तुलाधर, डा.गीता सायमी र डा.कल्पना सुवेदी उपाध्याय छन्। 
राष्ट्रपति पौडेलद्वारा दश जना वरिष्ठ महिला चिकित्सकलाई सम्मान

काठमाडौं, भदौ २८ : राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दश जना वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन्। 

नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन, नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महिला चिकित्सकलाई सम्मान गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डा.रीता गुरूङ, डा.शान्तकुमारी सापकोटा, डा.हीरा तुलाधर, डा.गीता सायमी र डा.कल्पना सुवेदी उपाध्याय छन्। 

यस्तै, वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्डअन्तर्गत डा.सुनिता आचार्य, डा.सुधा खकुरेल, डा.बिमला लाखे, डा.मालती त्रिपाठी र डा.अम्बिका श्रेष्ठ छन्। 

राष्ट्रपति पौडेलले महिला चिकित्सकलाई दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरेका हुन् । समारोहमासंघका अध्यक्ष डा.अनिलविक्रम कार्कीसमेत सहभागी थिए। 
 
प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, भदौ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्