अनुभव, इमान र संघर्षकी पर्याय अर्याल अब टेलिकमको नेतृत्वमा
संघर्षबाट सिक्दै ट्रान्समिटर र मोबाइल एक्पोर्टको रुपमा आफूलाई अब्बल बनाउन समर्थ भइन्। यही आधारमा उनले एनटिसीमा चिफ टेक्निकल अफिसरको रुपमा काम गर्ने जिम्मेवारी समेत पाएकी थिइन्।काठमाडाैं, २८ भदौ : संगीता पहाडी अर्यालले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक जिम्मेवारीमा पुगेकी।
मन्त्रिपरिषद्को गत भदौ २० गतेको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चार वर्षको पदावधि रहनेगरी कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको थियो। यसअघि उनले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
अर्याल शिक्षित परिवारमा काठमाडौँको पुतलीसडकमा जन्मिएकी थिइन्। डिल्लीबजारस्थित पद्म कन्या विद्याश्रम विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरिन्। प्रवेशिका परीक्षा पास गरेपछि त्रिचन्द्र कलेजमा विज्ञान सङ्कायको भौतिकशास्त्र विषयमा इन्टरमिडियट उत्तिर्ण गरिन्। त्यसपछि भारतको अलाहावाद युनिभर्सिटीबाट बिई गरिन्। भारतबाट अध्ययन गरेर फर्किएलगत्तै २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन्। त्यस्को दुई बर्षपछि २०५१ फागुन १० गते कम्पनीको सेवामा स्थायी रुपमा नियुक्त भइन्।
उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्। पदभार ग्रहण गर्नेक्रममा प्रबन्ध निर्देशक अर्यालले पदको गरिमा र आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान लाग्ने प्रतिबद्धता जनाएकी छन्।
अर्यालले २०५६ सालमा मोवाइल सेवा शुरु हुनुभन्दा एक वर्षअघिदेखि ‘थिङ्कट्याङ्क’ समूहमा आबद्ध भई काम गरिन्। जतिबेला मोबाइलमा काम गर्ने इञ्जिनीयरको कमी थियो। ५० हजार लाइनबाट सुरु भएको मोबाइल सेवा अहिले तीन करोडभन्दा बढी क्षमता विस्तार भइसकेको छ।
नेपाल टेलिकमले प्रतिस्पर्धा गर्न जुन योग्यता हासिल गरेको त्यस्मा अर्यालको पनि मेहनत र लगन सिंचिएको छ। अर्यालले चिफ कर्मसियल अफिसरको रुपमा पनि दुई वर्ष काम गरेको अनभुव छ। जतिबेला नेपाल टेलिकमको व्यापारलाई विस्तार गर्ने मुख्य जिम्मेवारीमा उनी थिइन्। चिफ कर्मसियल अफिसरसँगै केही समय मिडिया म्यानेजमेन्टको भूमिका समेत उनले निर्वाह गरिन्। उनको नेतृत्वमा प्याकेज सेवा ग्राहक समक्ष विस्तार गर्न टेलिकमले कदम चालेको थियो।
२०७० सालपछि नेपालभरको नक्सालाई सफ्टवेयरमा राखेर कार्य सुरु गर्न सफलता हासिल गरेको छ। नेपाल टेलिकम अरु देशको कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्षम बनेको छ। हाल नेपाल टेलिकमको सेवा तीव्र रुपमा विस्तार भइरहेको छ। ट्रान्समिटरबाट सातवटै प्रदेशमा अप्टिकल फाइबर पु¥याइएके छ। टेलिकम गाउँघरमै फाइवर पु¥याउने ध्याउन्नमा लागेको छ। माइक्रो वेभ टेक्नोलोजीबाट पनि देशभर सेवा सञ्चालित छ। विद्युतको सुविधा नभएको दुर्गम ठाउँमा सोलारबाट सेवा पु¥याउदै आएको अवस्था छ।
अर्यालको एनटिसीको प्रविधिका बहुक्षेत्रमा सफलतासँगै कार्य अनुभव र गुणस्तर बृद्धि हुँदै गयो। संघर्षबाट सिक्दै ट्रान्समिटर र मोबाइल एक्पोर्टको रुपमा आफूलाई अब्बल बनाउन समर्थ भइन्। यही आधारमा उनले एनटिसीमा चिफ टेक्निकल अफिसरको रुपमा काम गर्ने जिम्मेवारी समेत पाएकी थिइन्। २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भइन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज १७ को निर्णय (मन्त्रीस्तर) बमोजिम अर्यालले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। ११ महिनासम्म निमित्त प्रबन्ध निर्देशक भई सेवा गर्दै आएकी अर्यालले गत भदौ २२ गतेदेखि प्रबन्ध निर्देशकमा पदवहाली भई सेवा शुरु गरेकी छन्।
नेपाल टेलिकमलाई समृद्धिको उच्च तहमा पुर्याउने गह्रौं जिम्मेवारी उनको काँधमा आइपरेको छ। जनस्तरसम्म सुलभ तरिकाले सेवा पुर्याउनुपर्ने दायित्व छ। उनी आफूसहित टेलिकम टीमको अहोरात्र परिश्रमले अप्टिकल फाइबरबाट देशभर सेवा प्रवाह भइरहेको बताउँछिन्।
उनले पद समाल्दै गर्दा प्रतिबद्धता जनाउँदै भनेकी छन्, ‘इन्टरनेट सेवा गाउँगाउँमा पुर्याउन चाहन्छौँ। जसको लागि निरन्तर प्रयत्नरत छौँ।’ अनुभव, मिहेनत, इमान्दारिता र लगनशिलताको बलमा राज्यले सुम्पेको जिम्मेवाी कुशलताका साथ निभाउने अपेक्षा छ।