सुनको मूल्य हालसम्मकै उच्च
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन हजारले वृद्धि भएर हालसम्मकै उच्च एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ।
काठमाडौं, भदौ २८ : स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन हजारले वृद्धि भएर हालसम्मकै उच्च पुगेको हो।
बिहीबार प्रतितोला एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ ले वृद्धि भएको छ।चाँदीको मूल्य आजका लागि एक हजार आठ सय ६० निर्धारण भएको छ।
प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












