Kathmandu Press

अमेरिका हुने नेपालको लिग–२को सिरिजको तालिका सार्वजनिक

बिहीबार साँझ आईसिसीले अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजको तालिका सर्वाजनिक गरेको हो।
अमेरिका हुने नेपालको लिग–२को सिरिजको तालिका सार्वजनिक

काठमाडाैं, भदाै २७ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको नेपालको तेस्रो सिरिजको तालिका सार्वजनिक भएको छ। 

बिहीबार साँझ आईसिसीले अमेरिकामा हुने नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिजको तालिका सर्वाजनिक गरेको हो।

तालिका अनुसार नेपालले लिग–२को तेस्रो सिरिजको पहिलो खेल अक्टोबर २७मा घरेलु टोली अमेरिकासँग खेल्नेछ। दोस्रो खेल स्कटल्यान्डसँग अक्टोबर २९मा खेल्ने तालिका छ।

यस्तै, तेस्रो खेल नोभेम्बर २मा अमेरिकासँग र सिरिजको अन्तिम खेल नेपालले नोभेम्बर ४मा स्कटल्यान्डसँग खेल्ने छ। सबैखेल ह्युस्टनस्थित प्रेरिरी भ्यू मैदानमा हुनेछ।

लिग–२को सिरिजपछि तीन टिमबीच त्रिकोणात्मक टि–२० सिरिज पनि हुने बताइएको छ। यो सिरिजको तालिका भने क्यानले सार्वजनिक गरेको छैन।

नेपाली टिमले क्यानडामा लिग–२ को दोस्रो सिरिज र त्रिकोणात्मक टि–२० सिरिज खेलेर उतैबाट बाट अमेरिका जानेछ।

नेपाली टिम सोमबार नै क्यानडा प्रस्थान गरिसकेको छ। नेपालले लिग–२को सिरिजमा क्यानडासँग सेप्टेम्बर १६ र २२ तथा ओमानसँग सेप्टेम्बर १८ र २४मा खेल्ने तालिका छ। 

त्यसपछि टि–२० सिरिजमा नेपालले सेप्टेम्बर २८ र १ अक्टोबरमा क्यानडासँग र सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।

प्रकाशित मिति: २०:४२ बजे, बिहीबार, भदौ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्