Kathmandu Press

चार देशका राजदूतले बुझाए राष्ट्रिपतिलाई ओहोदाको प्रमाणपत्र

नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो। 
चार देशका राजदूतले बुझाए राष्ट्रिपतिलाई ओहोदाको प्रमाणपत्र

काठमाडौं, भदौ २७ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि क्यानमारका आवसीय रा जदुत म्यो मिन्ट माउङ, अष्ट्रेलियाका आवसीय राजदुत लीन एलिजाबेथजोनस्टन, फ्रान्सका आवसीय राजदुत भर्जिनिया फसल र जाम्बियाका गैरआवसीय राजदुत पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। 

उक्त समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। 

नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो। 

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्