Kathmandu Press

भाकपा (माक्र्सवादी)का महासचिव यचुरीको निधन

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार यचुरी केही समयदेखि बिरामी रहेका थिए। दिल्लीको एम्स अस्पतालमा उपचाररत यचुरीको ७२ वर्षको उमेरमा निधन भएको हो। 
भाकपा (माक्र्सवादी)का महासचिव यचुरीको निधन

काठमाडाैं, भदौ २७ : भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ। 

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार यचुरी केही समयदेखि बिरामी रहेका थिए। दिल्लीको एम्स अस्पतालमा उपचाररत यचुरीको ७२ वर्षको उमेरमा निधन भएको हो। 

Hardik ivf

यचुरीलाई श्वासप्रश्वाससम्बन्धी गम्भीर संक्रमण भएको जनाइएको छ। अगस्ट १९ मा एम्स अस्पतालमा भर्ना गरिएको थियो। यचुरीको निधनलाई लिएर भारतीय नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्  

कांग्रेस नेता राहुल गान्धीले यचुरी आफ्नो असल साथी भएको बताएका छन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यचुरीको निधनको खबर सुनेर आफू निकै दुखी भएको बताएकी छन्। 

स्वर्गिय यचुरीकी पत्नी सीमा चिश्ती पत्रकार हुन्। यचुरीका छोरा आशिषको ३४ वर्षको उमेरमा कोभिडका कारण मृत्यु भएको थियो। 

प्रकाशित मिति: २०:१८ बजे, बिहीबार, भदौ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्