Kathmandu Press

अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान 

नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनको आ.ब. २०७९।८० को गुणस्तर मूल्याङकनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको गाउँपालिकामध्ये ८६ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको भन्दै सम्मान गरेको हो । 
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान 

काठमाडौं, भदौ २७ : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । 

नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनको आ.ब. २०७९।८० को गुणस्तर मूल्याङकनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको गाउँपालिकामध्ये ८६ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको भन्दै सम्मान गरेको हो । 

Hardik ivf

आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यसहितका नेताहरुले उक्त गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई सम्मान पत्र प्रदान गरे । यस पालिकाले शिक्षा, स्वास्थ्य र बिकासको क्षेत्रमा एकपछि अर्को लोकप्रिय कार्य गर्दै जनताको मन जितिरहेको छ।

कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ रहेका २१ पालिकाहरुलाई समेत सम्मान गरिएको थियो । 

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, भदौ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्