Kathmandu Press

साताको अन्तिम दिन उच्च अंकले बढ्यो नेप्से

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ। 
साताको अन्तिम दिन उच्च अंकले बढ्यो नेप्से

काठमाडौं, भदौ २७ : लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अकंले वृद्धि भएको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले उकालो लागेर ४७८.४८ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा एउटा उपसमूहको शेयर मूल्य भने घटेको छ। 

कूल एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार छ सय १२ मूल्यमा कारोबार भएको छ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त, ग्रीन भेञ्चर्स लिमिटेड, इस्टन हाइड्रोपावर, रावा इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एशियन हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्। 

थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्म्क सर्किट लागेको छ। सानिमा लार्ज क्याप फण्ड ८.४९, आरबिबी म्युचुअल फण्ड दोस्रो ४.०१, सनराइज फस्ट म्युचुअल फण्ड ३.७१ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, भदौ २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्