Kathmandu Press

एन्फा महिला लिगमा कोशीको पहिलो हार, पुलिससँग पराजित 

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा कोशी प्रदेश विभागीय टिम नेपाल पुलिस क्लबसँग ४–०ले पराजित भयो। 
एन्फा महिला लिगमा कोशीको पहिलो हार, पुलिससँग पराजित 

काठमाडौं, भदौ २६ : जारी एन्फा महिला लिगमा कोशी प्रदेशले पहिलो हार व्यहोरेको छ। 

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा कोशी प्रदेश विभागीय टिम नेपाल पुलिस क्लबसँग ४–०ले पराजित भयो। 

पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जैशीले गोल गरे। पुुलिसले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो। 

२४औं मिनेटमा अनुष्काले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन्। पहिलो हाफ १–०मै सकियो। 

तर, दोस्रो हाफको सुरुआतमै पुलिस अग्रता दोब्बर बनायो। ४६औं मिनेटमा उसका निर्मलाले गोल गरेकी थिइन्। त्यसपछि ८०औं मिनेटमा सम्झना र ८८औं मिनेटमा अमृताले गोल गरेपछि पुलिसले ४–०को सहज जित निकाल्यो।

कोशीलाई हराएसँगै पुलिस लिगको शीर्ष स्थानमा उक्लिएको छ। ४ खेलमा पुलिसका १० अंक छ भने समान खेलमा ९ अंक जोड्दै कोशी दोस्रो स्थानमा छ। 

प्रकाशित मिति: १८:४५ बजे, बुधबार, भदौ २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्