जाल थाप्ने क्रममा दूधकोशीमा डुबेर एक किशोरको मृत्यु
खोटाङ, चैत ३० : दूधकोशी नदीम्मा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ। आइतबार माछा मार्न जाल थाप....

खोटाङ, चैत ३० : दूधकोशी नदीम्मा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ। आइतबार माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर राईको मृत्यु भएको हो।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने सोक्माटारस्थित झोलुङ्गे पुल नजीकै बिहान ११ः५५ बजे डुबेका राईको शव दिउँसो १ः३० बजे फेला पारिएको वडाध्यक्ष रुद्र राईले बताए। उनलाई करीब ५० मिटर तल जालमै बेरिएको अवस्थामा मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल झिकाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।
सबिन ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माविमा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।












