वीपी ट्रष्टद्धारा साहत्यिकार श्रेष्ठ र प्रजातन्त्र सेनानी भण्डारी सम्मानित
०७२ सालदेखि सुरु गरिएको यो पुरस्कारको राशी साहित्य तर्फ १ लाख १ हजार रुपैयाँ रहेको छ भने सेनानी तर्फ ५१ हजार रुपैयाँ रहेको छ ।काठमाडौं, भदौ २५ : वीपी कोइराला स्मृति ट्रष्टले साहित्यकार द्वारिका श्रेष्ठ र प्रजातान्त्रिक सेनानी भोजराज भण्डारीलाई पुरस्कृत गरेको छ ।
ट्रष्टद्वारा शितल निवासमा गरिएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै जनालाई पुरस्कार वितरण गरे । वीपीका साहित्य लेखद्धारा प्राप्त हुने रोयल्टीबाट बर्षेनी साहित्य र र प्रजातान्त्रिक आन्दोलनका एक, एकजनालाई पुरस्कृत गरिँदै आएको वीपी कोइराला स्मृति ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए । ०७२ सालदेखि सुरु गरिएको यो पुरस्कारको राशी साहित्य तर्फ १ लाख १ हजार रुपैयाँ रहेको छ भने सेनानी तर्फ ५१ हजार रुपैयाँ रहेको छ ।
कार्यक्रममा राष्ट्रपति पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि जनताका अपेक्षाअनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रास भएको बताए । सिद्धान्तमा सम्झौता गरेको भए बिपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउँदै उहाँले बिपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण समेत गरे ।