ट्रम्प-किम शिखर वार्ता निष्कर्षविहीन
हनोई, फागुन १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा भएको शिखर वार्ता निष्कर्षविहीन भएको छ ।
....
हनोई, फागुन १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा भएको शिखर वार्ता निष्कर्षविहीन भएको छ ।
ट्रम्प र किमबीचको शिखर वार्तामा कुनै लिखित सम्झौता नभएको समाचारमा जनाइएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताए ।
निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता पनि भएन ।
उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरू फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन् ।
तेस्रो शिखर वार्ताको सम्भावनाका बारेमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘अहिल्यै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न ।’












