धुनिबेसीमा पहिरो खस्दा पृथ्वी राजमार्ग ठप्प
पहिरोका कारण राजधानी काठमाडौं भित्रने र बाहिरिने सवारी साधन बीचमै रोकिएका छन्।
काठमाडौं, भदौ २४ : धादिङको धुनिबेसीमा झरेको पहिरोका कारण पृथ्वीराजमार्गमा यातायात अवरुद्ध भएको छ।
भारी वर्षापछि धुनिबेसी नगरपालिका–९ मा साँझमा पहिरो खसेको थियो। पहिरोका कारण राजधानी काठमाडौं भित्रने र बाहिरिने सवारी साधन बीचमै रोकिएका छन्।
राजमार्ग अहिले पूर्ण रुपमा अहिले ठप्प बनेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वर्षाका कारण माथिबाट लेदो खसेकाले सडक खुलाउन समेत कठिन भइरहेको छ। सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ ।
प्रकाशित मिति: २१:२२ बजे, सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












