Kathmandu Press

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैत २५ गते नै सकिएको थियो। पोखरेलले महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजिनामापत्र बुझाए पनि कारण भने सार्वजनिक भएको छैन। 
पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं, भदौ २४ : निर्धारित समयमा चुनाव हुने वातावरण नभएपछि नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन्। 

अध्यक्ष पोखरेलले तेस्रोे पटक असोज ५ गतेका लागि निर्वाचन मिति तोकेका थिए। महासंघले हालसम्म मतदाता पत्रकारको नामवली सार्वजनिक गर्न सकेको छैन। 

पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैत २५ गते नै सकिएको थियो। पोखरेलले महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजिनामापत्र बुझाए पनि कारण भने सार्वजनिक भएको छैन। 

अध्यक्ष पोखरेलको राजीनामासँगै महासंघको चुनाव अनिश्चित बनेको छ। 

प्रकाशित मिति: १९:४५ बजे, सोमबार, भदौ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्