Kathmandu Press

निरन्तर ओरालो लाग्दै नेप्से

आज नेप्से परिसूचक ५५.८६ अंले घटेर २६४६.०३ को बिन्दुमा कायम भएको छ। यो २.०६ प्रतिशतको गिरावट हो।
निरन्तर ओरालो लाग्दै नेप्से

काठमाडौं, भदौ २४ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ। 

गत साताको बुधबार ९०.७३ र बिहीबार १२.१० अ.कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५.४६ अकंले घटेको थियो। 

पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ५५.८६ अंले घटेर २६४६.०३ को बिन्दुमा कायम भएको छ। यो २.०६ प्रतिशतको गिरावट हो।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ। कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ। 

आज ३२७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर एक लाख ११ हजार नौ सय ८६ पटक खरिदबिक्री हुँदा नौ अर्ब ४३ करोड ९१ लाख छ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २.६७, जीवन बीमा २.४९, निर्जीवन बीमा २.४५, लघुवित्त २.३३, बैंकिङ २.२८ र वित्त समूह २.२७ प्रतिशतले घटेको छ। 

त्यस्तै विकास बैंक १.७, जलविद्युत् २.४४, लगानी ०.३४, उत्पादन तथा प्रशोधन १.२५, म्युचुअल फन्ड ०.९४, व्यापार ०.३५ र अन्य समूह १.८३ प्रतिशतले घटेको छ। 

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ८.९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७.७८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ३७ करोड पाँच लाख ५७ हजार बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाईड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १३ लाख ८२ हजार नौ सय छ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, भदौ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्