कांग्रेस प्रदेश सांसद केसी धरौटीमा रिहा
रुकुम जिल्ला अदालतले उनलाई १ लाख ९ हजार २ सय रुपैयाँ धरौटी रकममा रिहा गरेको हो।
काठमाडौं, भदौ २४ : किर्ते मुद्दामा पक्राउ परेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी डिबी धरौटीमा रिहा भएका छन्।
रुकुम जिल्ला अदालतले उनलाई १ लाख ९ हजार २ सय रुपैयाँ धरौटी रकममा रिहा गरेको हो।
अंश मुद्दामा किर्ते गरेको अभियोगमा उनलाई ०४८ साल असार ९ गते अदालतले दोषी ठहर गरेको थियो । सांसद केसी आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएका थिए। उनी सोमबार धरौटीमा रिहा भएका हुन्।
प्रकाशित मिति: १६:१५ बजे, सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार