सर्वोच्चको फैसलामा पुनरवलोकन गर्न कांग्रेसको माग
प्रतिनिधिसभामा बोल्नेक्रममा कांग्रेस सांसद अर्जुननरसिंह केसीले अदालतको फैसलाले लाखौँ जनताको उठिबास लाग्ने बताउँदे पुनरावलोकनमा जानुपर्ने बताए।
काठमाडौं, भदौ २४ : नेपाली कांग्रेसले काठमाडौं उपत्यकाका नदी किनारमा दायाँबायाँ २०–२० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकन गर्न जानुपर्ने माग गरेको छ।
प्रतिनिधि सभामा बोल्नेक्रममा कांग्रेसका सांसदहरूले यस्तो माग गरेका हुन्। प्रतिनिधिसभामा बोल्नेक्रममा कांग्रेस सांसद अर्जुननरसिंह केसीले अदालतको फैसलाले लाखौँ जनताको उठिबास लाग्ने बताउँदे पुनरावलोकनमा जानुपर्ने बताए।
सर्वसाधारणले ससाना घडेरी किनेर बसेका जनतामाथि फैसलाबाट अन्याय भएको केसीले बताए। ‘तत्कालै पुनरवलोकनका निम्ति जानु सरकारको दायित्व हो,’ उनले भने।
अर्का सांसद रामहरि खतिवडाले पनि काठमाडौं उपत्यकाका नदी किनारमा दायाँबायाँ २०–२० मिटर छाड्नुपर्ने बिषयमा कानुनी उपचार खोज्न आग्रह गरे।
प्रकाशित मिति: १५:४४ बजे, सोमबार, भदौ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












