Kathmandu Press

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६३ अंकले ओरालो लागेर ४७९.७२ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ। 
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं, भदौ २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५.४६ अंकले ओरालो लागेर २७०१.९० मा सीमित भएको छ। 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६३ अंकले ओरालो लागेर ४७९.७२ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ। 

Hardik ivf

कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ। 

नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर ९.९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ प्रतिशतले कमाएका छन्। 

त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड ८.०७, गुडविल फाइनान्स ६.०५, डोल्टी पावर कम्पनी ४.५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, भदौ २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्