Kathmandu Press

प्रतितोला १२ सय रुपैयाँ घट्यो सुनको मूल्य

शुक्रबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतितोला १२ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, भदौ २३ : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा १२ सय रुपैयाँले घटेर घटेको छ। 

शुक्रबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 
प्रकाशित मिति: १२:३७ बजे, आइतबार, भदौ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्