Kathmandu Press

नेपालमा पढ्नलेख्न जान्नेको संख्या दुई करोड तीन लाख 

१५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन्। 
नेपालमा पढ्नलेख्न जान्नेको संख्या दुई करोड तीन लाख 

काठमाडौं, भदौ २३ : नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसंख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन्।

पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन्। 

सरकारले पहिलो पटक २०६५ सालमा निरक्षर अभियानको सुरुवात गरेको थियो । तर अभियान प्रभावकारी देखिएको छैन्।

‘बहुभाषिक शिक्षाको प्रवर्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आइतबार ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा अभियानको समिक्षा सुरु भएको छ।

साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ। त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ।
 

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, भदौ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्