Kathmandu Press

नेसन्स लिगमा फ्रान्समाथि इटालीकाे जित

समूह बीअन्तर्गत शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा १३ सेकेन्डमै लिएको अग्रता जोगाउन नसक्दा फ्रान्स इटालीसँग ३–१को नमीठो हार व्यहोर्न बाध्य भयो। 
नेसन्स लिगमा फ्रान्समाथि इटालीकाे जित

काठमाडौं, भदौ २२ : युइएफए नेसन्स लिगमा फ्रान्सले नमीठो हार व्यहोरोको छ। समूह बीअन्तर्गत शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा १३ सेकेन्डमै लिएको अग्रता जोगाउन नसक्दा फ्रान्स इटालीसँग ३–१को नमीठो हार व्यहोर्न बाध्य भयो। 

फ्रान्सले खेल सुरु भएको १३ सेकेण्डमै अग्रता लिएको थियो। उसका युवा विंग ब्राडली बार्कोलाले गोल गरेका थिए। यो नेसन्स लिगको सर्वाधिक छिटो गोल हो भने इन्टरनेशल फुटबलको ११औं सर्वाधिक छिटो गोल हो।

Hardik ivf

 तर, सुरुआतमै पछाडि परेपछि इटालीले विस्तारै खेल आफ्नो पडकमा बनाएको थियो। उसले ३०औं मिनेटमा बराबरी गोल फर्कायो। सान्ड्रो टोनालीको उत्कृष्टमा पासमा फेडेरिको डिमार्कोले भलीमार्फत उत्कृष्ट गोल गरेका थिए। 

पहिलो हाफ १–१कै बराबरीमा सकियो। दोस्रो हाफमा इटालीले २ गोल थपेको थियो। उसका ५०औं मिनेटमा डेभिड फ्राटेस्सीले गोल गर्दै इटालीलाई खेलमा अग्रता दिलाए। एनले मेटाओ रेटेगुइको पासमा गोल गरेका थिए। 

७४औं मिनेटमा गियाकोमो रास्पडोरीले गोल गरेपछि इटालीले ३–१ को अग्रता लियो। उनले डेस्टिनी उडोगीको पासमा गोल गरेका थिए। त्यसपछि गोल नहुँदा इटाली विजयी भयो।

सन् २०२२को विश्वकप फाइनलपछि फ्रान्सले ३ गोल आएको यो पहिलो पटक हो।

यही समूहको अर्को खेलमा केभिन डे ब्रुयना चम्किएपछि बेल्जियमले इजरायलमाथि ३–१को सजत जित निकाल्यो। खेलमा डे ब्रुयनाले २ गोल गरे भने योरी टिलेमन्सले गोल गरे। इजरायलले भने आत्मघाती गोल उपहार पाएको थियो।

यो समूहमा इटाली र बेल्जियमको समान तीन अंक भएको छ। अब इटालीले इजरायलसँग खेल्ने छ भने बेल्जियमले फ्रान्ससँग खेल्नेछ। 
 

प्रकाशित मिति: ११:१९ बजे, शनिबार, भदौ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्