Kathmandu Press

तेस्रो अभ्यास खेलमा नेपाली टिम ५ विकेटले पराजित

शुक्रबार थ्रस्टन कलेज ग्राउण्डमा भएको खेलमा साेमपाल कामीकाे कप्तानीमा रहेकाे नेपाल श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको हो।
तेस्रो अभ्यास खेलमा नेपाली टिम ५ विकेटले पराजित

काठमाडाैं, भदाै २१ : श्रीलंकामा आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजको तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिम तेस्रो अभ्यास खेलमा पराजित भएको छ। 

शुक्रबार थ्रस्टन कलेज ग्राउण्डमा भएको खेलमा साेमपाल कामीकाे कप्तानीमा रहेकाे नेपाल श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको हो।

पहिला ब्याटिङ नेपालले दिएको १६० रनको झिनो लक्ष्य श्रीलंकन टिमले २६.५ ओभरमा ५ विकेटको क्षतिम भेट्टाएको थियो। उसका लागि के सन्जुलाले ६८ रन बनाउँदै टिमलाई जित दिलाए। 

बलिङमा सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिँदा ललित राजवंशीले १ विकेट लिए।

टस हारेर पहिला ब्याटिङको नेपालले ब्याटिङ राम्रो हुन सकेन। नेपाली टिम ४० ओभरमा १५९ रनमै समेटियो। 

ओपनर कुशल भुर्तेल र कशुल मल्ल बाहेक अन्यले गतिलो योगदान दिन नसक्दा नेपालले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन। भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए भने मल्लले ५५ बलमा ३५ रन बनाए।

यस्तै, आरिफ शेख २० रन बनाउँदा अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। नेपाली इनिङ धरासायी बनाउने क्रममा श्रीलंका डेभलपमेन्टका गरुका सन्खेतले चार विकेट लिए।

यसअघिका दुई अभ्यास खेल भने वर्षाका कारणा टस नै नभइ स्थगित भएकाे थियाे।

प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, भदौ २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्