Kathmandu Press

हवाई आक्रमणमा म्यानमारमा ११ सर्वसाधारणको मृत्यु

हवार्य आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको बताइएको छ। नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ। 
हवाई आक्रमणमा म्यानमारमा ११ सर्वसाधारणको मृत्यु

बैंकक, भदौ २१ : म्यानमारमा सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको छ। उत्तरी शान राज्यमा भएको हवाई आक्रमणमा ११ जना घाइते भएको बताक्ष्एको छ। 

सैन्य आक्रमणमा परी पाँच जना पुरुष, चार जना महिला र दुई जना बालिकाबाको मृत्यु भएको एएफपीले जनाएको छ। 

Hardik ivf

हवाई आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको बताइएको छ। नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ। 

गत वर्ष लमो लडाइँ पछि नम्हकम शहर ताआङ नेसनल लिबरेसन आर्मी (टिएनएलए)ले नियन्त्रणमा लिएको थियो। 

सन् २०२१ मा भएको कूविरुद्ध व्यापक सशस्त्र विरोधसँग जुधिरहेको सेनालाई नागरिक समुदायहरूलाई लक्षित गरेर हवाई र तोप आक्रमण गरेको आरोप जातीय अल्पसंख्यक सशस्त्र समूहले लगाएको छ। 

यसै साता सेनाका प्रमुख मिन आङ हलैङले जातीय अल्पसंख्यक सशस्त्र समूहहरूको नियन्त्रणमा रहेको क्षेत्रमा रहेका नागरिकहरूलाई सेनाको प्रतिकारात्मक आक्रमणका लागि तयारी गर्न चेतावनी दिएका थिए। 
 

प्रकाशित मिति: १७:४२ बजे, शुक्रबार, भदौ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्