सद्भाव भड्किने स्टाटस लेखेको आरोपमा युवा पक्राउ
ति युवाविरुद्ध प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई लक्षित गरी र बंगलादेशको जस्तो स्थिति हुने भन्दै विभिन्न स्टाटस लेखेको उजुरी परेको जनाइएको छ।
काठमाडौं, भदौ २१ : प्रधानमन्त्री केपी ओलीलगायत शीर्ष नेताहरूलाई लक्षित गरी सामाजिक सद्भाव भड्किने खालको ‘स्टाटस’ लेखेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौंको न्यूरोडबाट मानबहादुर कार्कीलाई पक्राउ गरेको हो। ति युवाविरुद्ध प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूलाई लक्षित गरी र बंगलादेशको जस्तो स्थिति हुने भन्दै विभिन्न स्टाटस लेखेको उजुरी परेको जनाइएको छ।
सामाजिक सञ्जाल फेसबुकमा सद्भाव भड्किने खालका विभिन्न स्टाटस लेखेको आरोप कार्कीमाथि छ।
कार्कीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने कसुर अन्तर्गत हिरासतमा राखेर छानविन भइरहेको छ। कार्कीलाई अहिले म्याद थपका लागि जिल्ला अदालत लैजाने तयारी छ।
प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












