Kathmandu Press

असोज १ बाट कांग्रेसको सय दिने विशेष अभियान

असोज १ बाट कांग्रेसको सय दिने विशेष अभियान

काठमाडौं, भदौ २०ः नेपाली कांग्रेसले सय दिने विशेष अभियानको घोषणा गरेको छ। तोकिएको जिल्लामा संगठनमा खट्ने गरी कांग्रेसले कार्यादेश तयार भइसकेको छ।

आगामी असोज १ गतेबाट सुरु हुने उक्त विशेष अभियान पुस १० गते सकिने छ। पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ।

जिल्ला जानु अघि केन्द्रले प्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ। विशेष अभियान अन्तर्गत अभियान सकेर आउने प्रतिनिधिले जिल्लागत प्रतिवेदन पेश गर्नुपर्ने वाध्यकारी गरिएको छ।

उक्त अभियान सकिएपछि केन्द्रीय समितिको बैठकमा जिल्लाको वस्तुगत अवस्था बारे छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, भदौ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्